काठमाडौँ : जुत्तामा आचार्य राखिएकोप्रति आचार्य समाजले आपत्ती जनाएको छ। आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका विरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आपत्ति जनाएको हो।
आचार्य समाजको काठमाडौँमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको हो।
सामाजिक सञ्जालमा भाइरल हुने गरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरूको मानमर्दन हुने गरी किन राखिएको हो भन्ने विषयमा पत्ता लगाएर कारबाहीको माग गरिने समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए।
Facebook Comments Box