काठमाडौं : भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप २०२३ को फाइनल खेलमा घरेलु टोलीले टस हारेको छ। अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी रङ्गशालामा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्।
खेल दिउँसो सवा २ बजे सुरू हुनेछ। एक दिवसीय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन्। जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो।
यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई डिएल मेथडमा ४८ रनले हराएको थियो। हालसम्म विश्वकपका १३ खेल भएका छन्।
अस्ट्रेलियाले पाँच पटक विश्वकपको उपाधि जित्दा भारतले दुई पटक मात्रै जितेको छ। फाइनल खेल प्रत्यक्ष हेर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं रङ्गशाला जानेछन्।
Facebook Comments Box