काठमाडौं : माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय बिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।
जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर-बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए।
Facebook Comments Box