काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाबीचको खेल केहीबेर अवरूद्ध भएको छ। खेल सुरू हुनअघि दुई देशका समर्थकहरूबीच कुटाकुट भएपछि खेल आधा घन्टा अवरूद्ध भएको हो।
रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै फ्यानहरूबीच कुटाकुट हुँदा रंगशाला केही बेर तनावग्रस्त बनेको थियो ।
दुई देशका समर्थकहरू कुटाकुट गर्दा केही व्यक्तिहरू घाइते समेत भएका छन्। सुरक्षाकर्मीले लाठी चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएपछि निर्धारित समयभन्दा आधा घन्टा ढिला गरि खेल सुरू भएको छ।
अहिले खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको समाप्तिमा कुनै पनि टोलीले गोल गर्न सकेका छैनन् ।
Facebook Comments Box