काठमाडौं : युद्धरत इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमास गाजामा बन्दी बनाइएका ५० जनालाई रिहा गर्न सहमत भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सहमतिलाई इजरायली सरकारले अनुमोदन गरेको छ। यो अनुमोदनसँगै पहिलो चरणमा महिला तथा बालबालिका मुक्त हुने छन्।
आज बिहान इजरायलको मन्त्रिपरिषदले गाजामा अपहरण गरिएका लगभग ५० बन्धकहरूलाई रिहा गर्न सुरक्षित गर्ने सम्झौतालाई अनुमोदन गरेको हो।
बाँकी बन्दीहरुका बारेमा केही नखुलाइए पनि पहिलो चरणमा ५० बन्दी रिहा गरेपछि इजरायलले प्रत्येक एक दिन युद्धविराम लम्ब्याउने र हमासले १० जनाका दरले बन्दी छाड्ने सहमति भएको छ। सहमति इसराइलले गजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्नेछ।
दुई पक्षको सहमतिअनुसार हमास समूहले बन्दीहरू छाडेवापत इजरायलले गाजा क्षेत्रमा गरिरहेको आक्रमण स्थगित गर्नेछ। इजरायलले पहिलो चरणमा गाजा क्षेत्रमा भइरहेको आक्रमण चार दिनलाई स्थगित गर्नेछ।
गत असोज २० गते हमास समूहले एक्कासि इजरायलमाथि आक्रमण गरेपछि इजरायलले लगातार गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ।
सो आक्रमणपछि हमास समूहले नेपालीसहित विभिन्न मुलुकका दुईसय भन्दा बढी नागरिकलाई बन्धक बनाएर राखेको छ।