सुर्खेत: भूकम्पका कारण पीडित बनेका थप दुई जनाको ज्यान गएको छ। बुधबार कुशे गाउँपालिका–९ मोताई गाउँका ५३ वर्षीय रामसिलम गिरी र नलगाड नगरपालिका–४ की २८ वर्षीया धनकुमारी खत्रीको मृत्यु भएको हो। ज्यान गुमाएका गिरी दमका रोगी थिए ।
योसँगै अत्यधिक चिसोका कारण ज्यान गुमाउने भूकम्पपीडितको संख्या १० पुगेको छ। त्रिपाल र लत्ताकपडाको भरमा कष्टकर जीवनयापन गर्दै आएका भूकम्प पीडितले धमाधम ज्यान गुमाउन थालेका छन्।
यसअघि भेरी नगरपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा २/२ तथा छेडागाड र जुनेचाँदेमा १/१ जनाको ज्यान गइसकेको छ।
Facebook Comments Box