काठमाडौं : धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन्। धनकुटा नगरपालिका–१ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन्।
टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए। उनीहरुकी ६ वर्षीया छोरी भने सकुशल छिन्।
टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेको अनुसन्धानबाट खुलेको छ।
Facebook Comments Box