काठमडौं : भारतले अनुदानमा दिएको उन्नत जातका १५ वटा मुर्रा राँगा हिजो नेपाल आइपुगेका छन्। भारत सरकारबाट नेपाललाई बस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार हिजो बाँकेको जमुनाहा नाका हुँदै मुर्रा राँगा नेपाल भित्रिएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भएको थियो। राँगामध्ये राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा सात, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जमा तीन वटा राखिने छ।
Facebook Comments Box