काठमाडौं : नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत भएको छ। आज बिहान बसेको क्याविनेट बैठकले पाण्डेको राजीनामा स्विकृत गरेको हो।
नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लागेका पाण्डेले विवाद चर्किएपछि राजीनामा दिएका थिए।
व्यक्तिगत कारण देखाएर उनले बुझाएको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
क्याविनेट बैठकले उर्जा सचिव दिनेश घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ।
Facebook Comments Box