धनगढी : काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ।
बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ।
झडपमा बैतडीका तीनसहित १० जना प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।
झडपमा परी घाइते हुनेमा बैतडी घर भएका चट्टान थापा, कमल शाही र लोकराज जोशी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै धादिङका शम्भु थापा, प्रकाश थापा, प्रभु शर्मा, विश्व हमाल, उर्मिला तामाङ, विक्रम क्षत्री र भरतप्रसाद पाठक घाइते भएका छन्।
पाठकलाई सबैभन्दा बढी चोट लागेको छ। झडपका क्रममा एक जना प्रहरी पनि घाइते भएका छन्।
Facebook Comments Box