काठमाडौं : भक्तपुरमा उधोगतर्फ धेरै कर बुझाउने सान्दर्भिक निर्माण सेवा प्रालि पुरस्कृत भएको छ।
कर दिवसका अवसरमा भक्तपुरको सूर्यविनायक–८ मा सञ्चालित उक्त उद्योग भक्तपुर कार्यक्षेत्र रही उद्योग क्षेत्रबाट सबैभन्दा आयकर दाखिला गरेबापत आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट पुरस्कृत भएको हो।
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ६७ करोड ३१ लाख ८३ हजार ७ सय १८ रुपैयाँको कारोबार गरेको छ। ७ करोड २७ लाख ३६ हजार ५ सय १५ कर योग्य आय गरेको कम्पनीले १ करोड ४८ लाख ३३ हजार ६ सय ५ रुपैयाँ कर दाखिला गरेको थियो।
कम्पनीका सञ्चालक नविन बस्नेतलाई प्रमाणपत्रसहित सम्मानित गरिएको आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख दिलीप कुमार गौतमले जानकारी दिए।
कार्यक्रमको प्रमुख अथिति भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठ रहेकी थिइन्।
Facebook Comments Box