डडेल्धुरा : डडेल्धुराको एलिसा हार्डवेयर एण्ड सप्लायर्स सम्मानित भएको छ।
राष्ट्रिय कर दिवसको अवसरमा जिल्लामै सबैभन्दा बढी आयकर तिर्ने करदाता भएको भन्दै एलिसा हार्डवेयरलाई सम्मानित गरिएको हो।
डडेल्धुरा कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरुमध्ये आर्थिक वर्ष २०७८/०७९ मा एलिसाले सबैभन्दा बढी कर दाखिला गरेको थियो।
हार्डवेयरका सञ्चालक मनोजकुमार पाण्डेयलाई प्रमाणपत्रसहित सम्मानित गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।
Facebook Comments Box