काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई स्थानीय प्रशासनले घरबाहिर निस्कन ‘रोक’ लगाएको छ।
निषेधित क्षेत्रमा कार्यक्रम गर्ने, सामाजिक सद्भाव भड्काउनेलगायतका क्रियाकलापमा संलग्न हुन खोजेको भन्दै स्थानीय प्रशासनले उनलाई स्थानहद (घरबाट बाहिर निस्कन रोक) लगाएको हो।
भक्तपुरको थिमिस्थित उनको निजी निवासबाहिर दंगा नियन्त्रण टोलीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनुमति नलिई प्रसाईंले सार्वजनिक कार्यक्रम गर्न खोजेको बताइन्।
Facebook Comments Box