धनगढीः कैलालीका दुई पसलमा प्रहरीले छापा मारेको छ। दुबै पसलबाट प्रहरीले ६ लाख ४१ हजारभन्दा बढी मूल्यका अवैध सामान जफत गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले गौरीगङ्गा नगरपालिका–८ बढैपुर स्थित डिल्लीराम आचार्यले सञ्चालन गरेको म्याक्स जनरल स्टोर र गोविन्द शर्माले सञ्चालन गरेको बेरोजगार किराना पसलबाट अवैध सामान बरामद भएको हो।
Facebook Comments Box