काठमाडौं : त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमान पुनस् काठमाडौं फर्काइएको छ ।
प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता सुभाष झाले बताए ।
एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए । काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो । आज उडान नहुने भएपछि यात्रुहरूलाई होटलमा लगिएको छ ।
Facebook Comments Box