काठमाडौं : राजतन्त्र पुनःस्थापनाको अभियानमा रहेका व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ।
गत शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए।
उक्त रिट न्यायाधीश कुमार चुडालको इजलासमा बहस हुँदै गर्दा प्रसाईं खुल्ला रुपमा भाषण गरिरहेको प्रसंग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका हुन्।
Facebook Comments Box