काठमाडौं : सरकारले एकैपटक ७१ जना सहसचिवहरूको सरुवा गरेको छ। मन्त्रिपरिषदको ७ मंसिरमा बसेको बैठकको निर्णयअनुसार ७१ जना सहसचिवहरुको सरुवा भएको हो।
सूची अनुसार सुदूरपश्चिममा कार्यरत तीन जना सचिवको पनि सरुवा भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव प्रेमदत्त भट्टको शहरी विकास मन्त्रालयमा सरुवा भएको छ । उनको ठाउँमा खानेपानी मन्त्रालयमा कार्यरत सुरत कुमार बम आउन लागेका छन् ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वैकुण्ठ निधी शर्माको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । उनको ठाउँमा शर्माको सुरुवा भएको मन्त्रालयबाट शुशिल वैद्य आउन लागेका छन् ।
यस्तै सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालको प्रदेश निती तथा योजना आयोग, बागमती प्रदेशमा सरुवा भएको छ । उनको ठाउँमा कसैलाई पनि पठाइएको छैन । यसैगरी सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शिवराम पोखरेल सचिव भएर आउने भएका छन् ।