डडेल्धुरा : सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले कार्यालय प्रमुख नपठाउँदा सामाजिक विकास कार्यालय डडेल्धुरा कार्यालय प्रमुख विहीन रहेको छ।
सामाजिक विकास कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख प्रयागराज जोशीको बझाङ सरुवा गरेको मन्त्रालय गत असोजदेखि कार्यालय प्रमुख नपठाएको हो।
कार्यालय प्रमुख नहुँदा कार्यालयमा कार्यरत कर्मचारीले तीन महिनादेखिको तलब खान पाएका छैनन्। कार्यालयका अन्य कामकाज समेत ठप्प रहेको कार्यरत कर्मचारी बताउँछन्।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले भने मन्त्रालयमा कर्मचारी नभएर समस्या भइरहेको जनाएको छ। डडेल्धुरामा आठौं तहको कार्यालय प्रमुख रहने व्यवस्था छ।
मन्त्रालय स्रोतकाअनुसार डडेल्धुरामा कर्मचारी पठाउन अहिले मन्त्रालयले कर्मचारी खोजिरहेको छ।
Facebook Comments Box