काठमाडौं : महोत्तरीमा आफ्नै प्रहरी जवानलाई गोली हान्ने असइ निलम्बनमा परेका छन्।
महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो।
आइतबार अपराह्न असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले जानकारी दिए।
कार्तिक ३० गते राति ११ बजे मारुवाही प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक असइ बच्चा यादवले प्रहरी जवान राजेश साहलाई गोली हानेका थिए।
घुमुवाबाट उठाइएको रकम मागेका सिपाही साहलाई गोली हानेर घटना लुकाउने खोजेका थिए।
सम्बन्धित समाचार :
असइ बच्चाले आफ्नै सिपाहीलाई गोली हाने, उपचार गराउन भारत पठाए
Facebook Comments Box