धनगढीः कैलालीस्थित ईलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत एक प्रहरी जवानको अवैध धन्दा फस्टाएको छ।
ईलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी जवान मदन भुत्यालले असुली धन्दा गर्ने गरेको आरोप लागेको हो।
स्रोतका अनुसार भुत्यालले चिसापानी क्षेत्रमा निर्माण व्यवसायी र भैंसी व्यापारीबाट अबैध असुली गर्ने गरेका छन्। केही दिन अघि मात्रै उनले एक जना भैंसी व्यापारीबाट ५ सय रूपैयाँ लिएका थिए।
प्रहरी जवान भुत्यालले प्रयोग गर्ने सुपप्र ०१–००७ प ५०२८ नम्बरको बाइक पनि चोरुवा रहेको छ।
ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख, प्रहरी निरीक्षक हरीराम डागीँले प्रहरी जवानका बारेमा आफूकोमा पनि कुरा आएको बताए।
‘उनको बारेमा कुरा आएको छ। मैले बुझिरहेको छु,’ उनले भने, ‘आन्तरिक अनुसन्धान भइरहेको छ। पुष्टि भएमा कारबाही गछौं।’
Facebook Comments Box