काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने सकिएको छ ।
भोलिबाट जवाफी बहस हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीको बहस सकिएसँगै हिजैबाट सरकारी वकिलले बहस थालेका थिए ।
काठमाडौँ जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।
Facebook Comments Box