चितवन : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोताहा भूमिहिन किसानका समस्या समाधान गर्न सरकार प्रतिवद्धत रहेको बताएका छन् ।
शनिबार चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले समृद्ध र सामाजिक न्यायलाई मूल कार्यभार बनाएर सरकार अघि बढिरहेको भन्दै जोताहा भूमिहिन किसान, कमलरी, हरुवाचरुवा, गुठी जग्गाको समस्या लगाएतका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले अहिले नै सरकारले गुणात्मक फड्को मार्न नसकेपनि कार्यभारलाई पुरा गर्न सम्पूर्ण ध्यान केन्द्रीत गरिरहेको जिकिर गरे । सरकारले सुशासनको क्षेत्रमा भ्रष्टाचारबिरुद्ध ठूला–ठूला अभियान सञ्चालन गरेको उनले बताए ।
गृहमन्त्री श्रेष्ठले मिटरव्याज पिडितहरुलाई न्यायदिने गरि प्रक्रिया अघि बढाइरहेको र हजारौले मिटरव्याज समस्याबाट मुक्तिसमेत पाइसकेको दावी गरे । उनले मुलुकमा आएको परिवर्तनको आभाष जनताले गर्नेगरि व्यहारमै पुष्टि गर्ने गरि अगाडि बढ्न खोजिरहेको पनि बताए । सरकारले सुरु गरेको भ्रष्टाचारबिरोधी अभियानबाट बिश्राम नलिने उनले स्पष्ट पारे ।