कञ्चनपुर : जिल्लाको बेलौरी नगरपालिकाका १० का कृषि सडक मर्मत नभएको वर्षौं हुदा बाली भित्र्याउन किसान सकस हुन थालेको छ ।
बेलौरी नगरपालिका -१० भुडाका किसानका खेतसम्म जाने बाटोमा १ फिटभन्दा बढी खाल्डा पर्दा किसानलाई बाली भित्याउन सकस परेको हो ।
गर्मीयाममा किसानका खेतसम्म जाने बाटो पानी भरिएर नदि बन्न पुगेको थियो । अहिले भने उक्त बाटोमा किसानले खेतमा लगाएको लाही गहुँमा चार्न लगाएको पानी पसेको छ ।
स्थानीयहरुले पटकपटक जनप्रतिनिधिलाई बाटो मर्मतको लागी पहल गर्दा वेवास्ता गर्ने गरेको बताउछ्न ।
अहिले उक्त सडकबाट किसानहरुले उखु मिलसम्म पुर्याउन सकस भएकोले जनप्रतिनिधिहरुलाइ पुन : बाटो मर्मतको लागी गुहार गर्न थालेका छन । उक्त सडक मर्मत हुदा करिब १५ बिघा भन्दा बढिमा लगाएका उखु मिलसम्म पुर्याउन किसानलाई सहज हुने थियो ।
Facebook Comments Box