मोरङ : विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको ‘स्काइ ट्रक’ मार्फत थप उपचारका लागि काठमाडौं कीर्तिपुर वर्न सेन्टर ल्याईएएको छ ।
मोरङ प्रहरी प्रहरी प्रमुख दिपक पोखरेलका अनुसार विराटनगर महानगरपालिका- ७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीया सुशीला पासवान,५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् ।
उनीहरू चार जनालाई नै थप उपचारका लागि काठमाडौं ल्याईएको हो । घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर छ ।
आगलागीमा विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका थप एक गरी दुई जनाको मृत्यु भएको हो ।
कबाडीका कामदारहरुले संकलित वस्तु किच्याउने क्रममा आगलागी भएको घाइतेमध्येका किशोर पासवानले बतााए । पासवानका अनुसार अल्मुनियमको सेन्टको बोतल फुटेपछि आगो सल्किएको थियो ।