धनगढी : दलित संघ संस्थाहरुको साझा छाता संगठन दलित गैरसरकारी संस्था महासंघ(डि.एन.एफ.)नेपालको तेश्रो अधिबेशन धनगढीमा सम्पन्न भएको छ ।
अधिवबेशनको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी एंव दलित गैरसरकारी संस्था महासंघ नेपालका राष्टिय अध्यक्ष जेबी विश्वकर्मा ले उद्धघाटन गरे । अधिवशेनलाई संबोधन गर्नुहुदै राष्टिय अध्यक्ष विश्वकर्माले देश लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा पनि अझै पनि दलित समुदायको हक अधिकार सुनिश्चित हुन नसकेको बताए ।
उनले दलित अधिकार सुनिश्चितताका लागि बनेका ऐन कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष गजाधार सुनारले दलित सशक्तिकरण ऐन कार्यान्वयन प्रदेश सरकार गम्भीर बन्नुपर्ने बताए । तेश्रो अधिबेशनले महासंघको प्रदेश अध्यक्षमा प्रेम बिसी निर्वाचित भएका छन ।
महासंघको उपाध्यक्षहरुमा सकुन्तला सोब,दिपा नेपाली,बिनोद नेपाली,सचिवमा चक्र नेपाली,उपसचिवमा राजेन्द्र रैका,कोषाध्यक्षमा देवी विश्वकर्मा निर्वाचित भएका छन ।
त्यस्तै सदस्यहरुमा क्रमशः हरिकृष्ण ताम्राकार,जगदिश कोली,निर्मला विक,प्रेम प्रकाश चदारा,नरेश सिजापती लगायत निर्वाचित भएका छन् । अधिबेशनले विर्षलाल विक,इृन्द्रा दानपाली,विष्णु वि.क लाई सल्लाहकारमा चयन गरेको छ ।