धनगढी : सिप्रदी अटो पार्टस् प्रालिले कैलालीको धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरहरुको भेला गरेको छ।
गएको मङ्गलवार भएको भेलामा टाटाका सामानहरुको सही तथा सक्कली प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो।
कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रवन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको सही प्रयोगले ग्राहकहरुलाई फाइदा पुग्ने बताए। कार्यक्रममा उत्कृष्ट काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहार सहित सम्मान गरिएको कम्पनीले जनाएको छ।
Facebook Comments Box