बाजुरा: जिल्लाको बुढीनन्दा नगरपालिकामा भीरबाट खसेको ढुङ्गा लागेर एक महिलाको बिहीबार मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेकी छन्।
बिहीबार गाउँनजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि उनकाे मृत्यु भएको वडा नम्बर ३ का वडाअध्यक्ष जंगवीर रोकायाले जानकारी दिएका छन्।
घाँस काट्दै गरेको बेला एक्कासी भीरबाट ढुंगा खसेर टाउकोमा चोल लागेपछि विष्ट घाइते भएकी थिइन्। घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजादै गर्दा बीच बाटोमा मृत्यु भएको वडाध्यक्ष रोकायाले बताएका छन्।
Facebook Comments Box