धनगढी : कैलालीको धनगढीमा अवैध समान बरामद गरिएको छ।
बुधबार धनगढी उपमहानगरपालिका-५ हसनपुर क्षेत्रबाट स्कारपियोसहित २३ लाख बराबरको अबैध समान बरामद गरेको हो।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगाना नेतृत्वको टोलीले बुधवार भारतबाट भन्सार छली गरी ल्याइएको खेलकुदका सामान, हार्वयर, स्टेशनरी तथा कपडा समेत बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा डडेल्धुराको गन्यापधुरा गाउँपालिका बस्ने ३५ वर्षीय राजु देउवाले चलाएको ग २ च १७७ नम्बरको स्कारपियोमा अवैध सामान भेटिएको हो।
स्कारपियोसहित भन्सार छली गरेर ल्याइएको २३ लाख ८ हजार ५ सय २० रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box