काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका एक जना छुटेका हुन्।
रिहा हुनेमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी रहेको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए।
उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो।
धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालचाहिँ थुनामै छन्। उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो। तर, उनले पैसा नभएको भन्दै धरौटी रकम नबुझाएका हुन्।
Facebook Comments Box