काठमाडौं: संघीय संसद सचिवालयका एक उपसचिवले आफ्नै महिला सहकर्मीलाई झापड हानेका छन्।
उपसचिव रामप्रसाद गैरेले आफ्नो नाम छुटेको विषयलाई लिएर शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेका हुन्।
उक्त घटना मंगलबार भएको हो। मंगलबार बिहान करिब पौने ११ बजेतिर उपसचिव गैरेले विवरण शाखाभित्र छिरेर ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेको एक अधिकारीले बताए
आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकेकी छन्। यस विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेका छन्।
घटनापछि स्वास्थ्य परीक्षण गर्दा तण्डुकारमाथि हातपात भएको देखिएको स्रोतले जानकारी दिएको छ ।
Facebook Comments Box