कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी कुटपिट प्रकरणमा संलग्न ठेकेदार भीमसेन राना रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट ईन्जिनियर अवस्थी कुटपिट प्रकरणमा पक्राउ परेका ठेकेदार राना ५ हजार धरौटी सहित बिहीबार रिहा भएका भएका हुन् । अन्य दुई जना नरेश राना र जगदिश राना साधारण तारेखमा रिहा भएका छन ।
ठेकेदार सहित तीनै जनाले ईन्जिनियर अवस्थीसंग लिखित माफि समेत मागेका छन । लालझाडी गाँउपालिका २ कञ्ज बजारमा निर्माण भईरहेको सडक स्तरोन्नती योजनामा ११ मंसिरमा भएको निर्माण व्यवसायीका पक्षबाट ईन्जिनियर अवस्थीमाथि दुव्र्यवहार हातपातका विषयमा सार्वजनिक रुपमा माफि मागेका थिए ।
ईन्जिनियर अवस्थी र ठेकेदार रानाविच बुधबार इलाका प्रहरी कार्यालय बेलौरीमा समेत मिलापत्र भएको थियो । ११ मंसिरमा निर्माण व्यवसायी भीमसेन राना समुहले ईन्जिनियर अवस्थीमाथि कुटपिट गरेका थिए ।