काठमाडौँ : ट्राफिक प्रहरीलाई एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिएको भन्दै वडा नम्बर २८ का सजन गोठलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
ट्राफिक प्रहरीले महानगरमा उजुरी दिएपछि उनको पसललाई १० हजार रुपैयाँ जरिवाना गराइएको महानगर प्रहरीले जनाएको छ । तोकिएको मूल्यभन्दा बढी लिएको पाइएपछि जरिवाना गरिएको महानगरले जनाएको छ ।
यसअघि एक पानी उद्योगलाई १ लाख रुपैयाँ जरिवाना गरेको थियो । ए एण्ड बि वेभरेज इण्ड्रिस्टिजलाई महानगरले १ लाख रुपैयाँ जरिवाना गराएको थियो ।
किरा भएको बोतल प्याक गरेको पाइएकाले त्यसमा ध्यान दिन समेत निर्देशन दिएको थियो ।
Facebook Comments Box