काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा फ्लाइ दुबईबाट बिहीबार राति काठमाडौं उत्रिएका गोरखाका चन्द्र घले हुन्।
सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ।
Facebook Comments Box