काठमाडौं : सरकारले राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायब सुब्बा वा सोसरहका कर्मचारीको सरुवा माघ १५ गते सम्मका लागि स्थगन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा सबै निकायलाई परिपत्र गर्दै आगामी माघ १५ गते सम्मको लागि नायब सुब्बाको सरुवा स्थगित गरिएको जानकारी गराउँदै कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सोसरहको पदमा विज्ञापन प्रकाशित हुने ९खुला प्रतिस्पर्धा तथा बढुवा० समयको तत्काल अगाडि कामकाज गरिरहेका कर्मचारी सरुवा भई जादाँ लोक सेवा आयोगले माग गर्ने संख्यामा घटबढ हुदाँ बढुवा प्रयोजनका लागि मात्र सरुवामा दबाब सिजर्न भई जाने क्रम देखिएको मन्त्रालयले जनाएको छ । त्यसका लागि विभिन्न नियकामा सरुवा सहमतिसमेत माग भई आउने गरेको भन्दै मन्त्रालयले सरुवा रोकेको हो ।
यसरी खुल्ला प्रतिस्पर्धा तथा बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि सरुवा गरी पठाउदाँ लामो समयदेखि एकै ठाउँमा बसेर सेवा गरिआएका कर्मचारीलाई बढुवामा मर्का पर्ने भनेर विभिन्न सरोकारवाला पक्षबाट गुनासो आएको भन्दै राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सोसरहको पदको कुनै पनि निकायमा सरुवा र पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य मन्त्रालयले स्थगित गरेको हो ।
मन्त्रालयले निजामती कर्मचारीको सरुवा तथा पदस्थापनसम्बन्धी कार्य हुँदै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अघि मंसिरको पहिलो दोस्रो सातादेखि आगामी फागुन मसान्तसम्मका लागि राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार वा सोसरहका कर्मचारीको पनि सरुवा स्थगन गरिसकेको छ ।