काठमाडौं : चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
शनिबार साँझ माडी नगरपालिका–१, बरुवास्थित चिताई खोलाको पुलमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।
अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुन् । मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँका हुन् ।
दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box