धनगढी : निमोनिया भन्दै भर्ना भएका डडेल्धुराका लक्ष्मण साउदको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–७ का अन्दाजी ४२ वर्षीय उनको आज बिहान धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो।
छातीमा समस्या भएको भन्दै उनी सुरुमा धनगढीकै मायामेट्रो अस्पताल गएका थिए। तर, मुटुमा गम्भीर समस्या भएको रिपोर्ट आएको भन्दै उनलाई त्यहाँबाट रेफर गरिएको थियो।
त्यसपछि निसर्गमा उपचार गराउन गएका उनलाई अस्पतालले सामान्य निमोनिया भएको भन्दै जनरल वार्डमा भर्ना गरेको थियो। तर, उनको आज बिहान अचानक मृत्यु भएको आफन्तले बताएका छन्।
यता अस्पताल प्रशासनले सबै रिपार्ट सामान्य भएकाले निमोनियाको उपचार सुरु गरिएकोमा उनलाई अचानक ह्दयघात भएको बताएको छ। मृतक साउदलाई क्यान्सर भएको हुनसक्ने अस्पतालका चिकित्सकले अनुमान गरेका छन्।
Facebook Comments Box