कञ्चनपुरः शिवशिखर वहुउद्देश्यीय सहकारीमा कार्यरत चार जना कर्मचारलाई प्रहरीले पक्राउ गरेको छ।
शिवशिखरको शाखा कार्यालय महेन्द्रनगरमा कार्यरत ४ जना कर्मचारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सहकारीमा कार्यरत गीता शर्मा, केदारनाथ शर्मा, पुस्कर मल्ल र अमिसराज भण्डारी रहेका छन्।
पक्राउ परेका ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुले आफुले जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेका थिए।
सहकारी विरुद्ध कञ्चनपुरका तीन हजार ६ सय ७१ जना बचतकर्ताले मुद्दा दर्ता गराएका छन्। उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरुले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९ सय रुपैयाँ हिनामिना गरेको बचतकर्ताको आरोप छ।