बझाङ : डोटी र बझाङमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
बझाङको केदारस्युँ गाउँपालिका–१ बिलैका २५ वर्षीय रामकुमार भण्डारी मृत अवस्थामा फेला परेका हुन् ।
शनिबार आफ्नै खेतमा सिँचाई गर्न गएका उनी सोही स्थानको चौडाम बगरको कान्द्वाल भन्ने भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यस्तै डोटीको जोरायल गाउँपालिका–१ स्थित सिद्धबाबा मन्दिर नजिकैको खोलामा पुरुषको शव फेला परेको हो। शनिबार साँझ पहिचान नखुलेको अवस्थामा पुरुषको शव फेला परेको वडा अध्यक्ष जगतबहादुर मल्लले बताए ।
जङ्गलमा घाँस काट्न गएका महिलाहरुले शव देखेपछि खबर गरेका थिए ।
Facebook Comments Box