कैलाली– धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलहादुर ऐरले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनी २०७४ सालमा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका थिए ।
माओबादीबाट उपमेयरका लागि सिफारिस भएका उनले अन्तिममा वडाध्यक्ष पनि नपाउने अवस्था आएपछि माओबादी छोडेर पुनः वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले मेयरमा स्वतन्त्र उम्मेदवार हमाललाई समर्थन गर्दै हमालकै टिमबाट उम्मेदवारी दिने बताएका छन् । ऐरसंगै वडाका २३ जना वडा कमिटी सदस्यसहित १७५ जनाले पार्टी परित्याग गरेका छन् ।
वडा नम्बर ३ मा वडाध्यक्षसहित वडा सदस्यमा पनि स्वतन्त्र उम्मेदवारी दिने तयारी भएको उनले बताए । उनी सुरुवातमा मेयरका आकांक्षीसमेत थिए ।
Facebook Comments Box