काठमाडौँ– नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गर्दैछ ।
महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले आज लोकतन्त्रक दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्ने भएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए । उनका अनुसार घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगातका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको छ ।
महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।
नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।