बाजुरा– नेकपा एमालेले बाजुरामा उम्मेदवारको टुंगो लगाएको छ । जिल्लाका ९ वटै पालिकामा एमालेले उम्मेदवारको टुंगो लगाएको हो ।
जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिका छन् । जसमध्ये बडीमालिका नगरपालिका मेयरमा अमर खड्का र उपप्रमुखमा नन्दा थापालाई छनोट गरेको छ । बुढीनन्दा नगरपालिकाको मेयरमा जनककुमार बोहरा र उपप्रमुखमा मनु रोकाया बिसी, बुढिगङ्गा नगरपालिकाको मेयरमा रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुँवर, त्रिवेणी नगरपालिकाको मेयरमा मोतिसिंह बुढा र उपप्रमुखमा पार्वतीदेवी बुढालाई छनोट गरेको छ।
त्यसैगरी गौमुल गाउँपालिका अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा, जगन्नाथ गाउँपालिका अध्यक्षमा कालीबहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्ट, हिमाली गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्की, स्वामिकार्तिक गाउँपालिकामा चतुरभुज शाही र सुलोचना भण्डारी बुढा र खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा मनदेवी ओलीलाई अगाडि सारेको छ।