धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बहुलियामा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बहुलियामा मङ्गलवार अटो र मोटरसाइकल आपसमा ठोकिएका हुन्।
प्रहरीका अनुसार कैलारी गाउँपालिका वडा नम्बर ९ का सञ्जु चौधरीले चलाएको से २ प २५७१ नम्बरको मोटरसाइकल र धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अमर विकले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ ह १८३१ नम्बरको अटो ठोकिएका हुन्।
दुर्घटनामा ६९ वर्षीया कल्पन्ना परियार घाइते भएकी छन्। उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भईरहेको छ ।
Facebook Comments Box