काठमाडौं : नेपाली कांग्रेसको पुस १६ देखि १९ सम्म हुने भनिएको महासमिति बैठक सर्ने निश्चित भएको छ।
अहिले जारी कार्यसम्पादन समितिको बैठकमा महासमिति बैठक सार्ने प्रस्ताव पेस भएको छ। फागुन ७ देखि १० सम्म बैठक गर्ने प्रस्ताव भएको छ।
कार्यसम्पादनको बैठकअघि सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारीको बैठक बसेको थियो। पदाधिकारी बैठकमा महासमिति बैठक सार्ने सहमतिपछि कार्यसम्पादनमा प्रस्ताव पेस भएको हो।
यो प्रस्ताव पारित हुने सम्भावन बलियो छ । फागुन ७ देखि १० सम्म प्रस्ताव गरिएको विमलेन्द्र निधिले जानकारी दिए।
Facebook Comments Box