काठमाडौँ : नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको विपक्षमा रहेको भन्दै सर्वत्र विरोधको लागि आह्वान गरेका छन्।
पछिल्लो समय सुदूरपश्चिममा गेट मेडिकल विश्वविद्यालय बन्न नदिन अनसन बस्न पुगेका अनसनविद् डा. केसीको विरोधमा रावलले मुख खोलेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा डा. रावलले लेखेका छन्, ‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न। सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपछ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ।’
गेटामा अनसन बस्ने पुगेका केसीलाई स्थानीयले लखेटेपछि लक्ष्मीनारायण मन्दिरमा पुगेका छन्। सुदूरपश्चिममा उनको विरोधमा प्रदर्शन समेत भएका छन्।