धनगढी : टीकापुर अस्पतालले विभिन्न पदमा ९ जना कर्मचारी मागेको छ। अस्पतालले आइतबार एक सूचना जारी गर्दै करार सेवामा ९ जना कर्मचारी मागेको हो।
अस्पतालले कन्सल्टेन्ट पेडियाट्रिसियन नवौँ तह पेडियाट्रिक्स, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन नवौँ तह सर्जरी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट नवौँ तहमा एनेस्थेसियोलोजी र कन्सल्टेन्ट रेडियोलोजिस्ट नवौँ तह रेडियोलोजीमा एक एक जना मागेको छ।
यस्तै मेडिकल अधिकृत आठौं तहमा जनरल हेल्थ सर्भिसेज ५ जना माग गरिएको छ।
Facebook Comments Box