काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको जवाफ फर्काएका छन्।
ललितपुर महानगरको १०५ औं स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए।
प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले कुरा राखेका थिए। आफ्ना कुरा राखेर मेयर शाह कार्यक्रमबाट निस्किए।
मेयर शाहले आफ्ना कुरा राख्ने तर अरूका कुरा नसुन्ने गरेको भन्दै कार्यक्रमकै मञ्चबाट प्रधानमन्त्री दाहालले यसो गर्दा आफूलाई खिन्न बनाउने बताए।
‘अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘आफूले भन्ने कुरा जे-जे भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्नुपर्छ।’
काठमाडौंको मेयर भएकाले उपत्यकाका ललितपुर र भक्तपुरसँग समन्वय गर्ने जिम्मेवारी बढी बालेनकै भएको उनको भनाइ छ।