काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने माग गरेका छन्।
मंगलवार बुटवलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरूमात्रै नभई नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए।
उनले भने, ‘यहाँका नेता, शासक र प्रशासकहरूमा संघीयताको पक्षमा मनोवृत्ति छैन। यहाँको भूगोल त्यही किसिमको छ। छिमेका ठूला देश छन्। अर्थतन्त्र कमजोर छ, संघीय प्रणाली असाध्यै खर्चिलो छ। संघीयतामा जान पार्टी मात्रै दोषी छैनन्, यसमा अन्तरराष्ट्रिय शक्तिले दबाब दिए, फसे। जनताले पनि बुझ्न सक्नुभएन।’
उनले संघीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्री पाल्नु बाध्य भएको बताए।
Facebook Comments Box