धनगढी : आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने धनगढीका एक पूर्व प्रहरी अर्थात् रिटायर्ड सईलाई पक्राउ कारागार चलान गरिएको छ।
गत असोजमा जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका ती अन्दाजी ५० वर्षीय रिटायर्ड सईले करणी प्रयास गरेको भन्दै अन्दाजी २२ वर्षीय छोरीले उजुरी दिएकी थिइन्। त्यसपछि फरार रहेका उनलाई पक्राउ गरि जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरिएको थियो।
अस्ति अदालतमा जबर्जस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता भएकोमा हिजो मंगलबार अदालतले उनलाई पुर्पक्षका कारागार चलान गर्ने आदेश दिएको सरकार वकिलको कार्यालयले जनाएको छ।
काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती धनगढी (घर) आएकी थिइन्। घर आएकी छोरीलाई पन्तले करणी प्रयास गरेका थिए। घटना असोज १३ गते रातिको भएपनि आफ्ना बुवाविरुद्ध छोरीले करणी प्रयासको आरोपमा असोज १९ गते उजुरी दिएकी थिइन्।
उक्त घटनामा महेन्द्रनगरपोष्टले समाचार प्रकाशन गरेको थियो। सेटिङमा प्रहरीले पक्राउ गर्न समेत नमानेका उनलाई हामीले समाचार प्रकाशित गरेपछि समातिएको थियो।
सम्बन्धित समाचार :
धनगढीमा आफ्नै छोरीलाई करणी प्रयास गर्ने रिटायर्ड सई समातिए, मुद्दा मिलाउन ‘सेटिङ’
धनगढीका फरार रिटायर्ड सईलाई लुकाइयो, प्रहरीकै सेटिङ
धनगढीमा रिटायर्ड सईले नै गरे ‘केटिएम’बाट फर्केकी छोरीमाथि करणी प्रयास