डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–८ दुर्गम बस्तीमा रहेको बैजनाथ माध्यमिक द्यिालयले स्थपानाको ४३औं वार्षिकोत्सव मनाएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्मरबहादुर विष्टको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगरप्रमुख भरत वडायर जोशीको प्रमुख आत्तिथ्यतामा वार्षिकोत्सव समारोह उद्घाटन भएको हो।
त्रिदिवसीय ‘घर न घाट’ नामक जनचेतनामुलक नाटकसहित अन्य विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाउन लागिएको विद्यालयका प्रधानाध्यापक तेजबहादुर विष्टले जानकारी दिए।
सचेतनामुलक ‘घर न घाट’ नामक नाटकले परशुरामका अधिकांश नागरिक गरीबीको रेखामुनि रहेको र विदेश जानुपर्ने यहाँको बाध्यतालाई दर्शाएको छ।
नगरपालिका तथा प्रदेश सरकारको साथ सहयोगमा अहिले १२ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा दरबन्दी अभाव रहेको पाइएको छ। भने, पिउने पानी, शौचालय लगायतका समस्या समेत विद्यालयमा रहेको शिक्षक लालबहाादुर नेगीले बताए।
आर्थिक अभाव रहेको अवस्थामा समेत यस क्षेत्रका नागरिक, शिक्षा प्रेमी, भूतपूर्व शिक्षक, विद्यार्थी र राजनीतिककर्मीहरुबाट चन्दा संकलन गरि वार्षिकोत्सव मनाएको उनले बताए।
हालसम्म करिब ३ लाख बढी रकम संकलन भएको र जम्मा आम्दानी र खर्च कार्यक्रम समापन पश्चात् सार्वजनिक गरिने भएको छ।
कार्यक्रममा बोल्दै नगरप्रमुख भरत वडायर जोशीले विद्यालयको वार्षिकोत्सव अभिभावक र शिक्षक तथा विद्यार्थीबीच भेटघाट गर्ने अवसर रहेकोे बताए। उनले शैक्षिक गुणस्तर सुधारमा जुटेको बताएका छन्।
२०३६ सालमा स्थपना भएको बैजनाथ मावि अहिले कक्षा १२ सम्म पठनपाठनको अनुमति पाएर सञ्चालनमा छ।