धनगढीः कैलालीमा गोदावरीमा जिपलाइन सञ्चालनमा आएको छ।
करिब २ करोडको लागतमा जिल्लाको गोदावरीमा धनगढीका दिनेश खड्का सहित ३ जना युवाहरुले जिपलाइन सञ्चालनमा ल्याएका हुन्।
धनगढीका दिनेश खड्का सहित ३ जना युवाहरुले बुधवार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले जिपलाइनको उद्घाटन गरेका हुन्। जिप लाइनको उद्घाटन गर्दै मन्त्री देउवाले जिप लाइनले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
गोदावरी पुलभन्दा ४ सय मिटर माथि रहेको स्टेसनबाट करिब १ किलोमिटर जिपलाइनमा यात्रा गर्ने व्यवस्था मिलाइरहेको छ । जिप लाइनले गोदावरीमा आउने पर्यटकहरूको सङ्ख्यामा वृद्धि आउने अपेक्षा गरिएको छ । ‘पिकनिक’ खान र घुम्नका लागि गोदावरी पुग्ने पर्यटकहरूले अब जिप लाइनको पनि मज्जा लिने छन् ।
Facebook Comments Box